सातै प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौँ । नेपालका केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् भने जनजीवन कष्टप्रद बनेको छ ।

आज (मंगलबार) पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहानैबाट प्रदेश-१, वागमती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूणर् बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आजर राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 
 
  
 

You may also like