सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौँ।साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 
 
  
 

You may also like