एभरेष्टद्वारा एसईई उर्तीण विद्यार्थीलाई बधाई तथा सम्मान

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभेरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयले एसईई परीक्षा २०७८ मा उर्तीण विद्यार्थीहरुलाई बधाई तथा उच्च शिक्षाका लागि शुभकामना गरेको छ ।

एभरेष्टबाट एसईई उर्तीण भएका १६१ जना विद्यार्थीलाई विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । कार्यक्रममा उर्तीण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको रुची र चाहनाका आधारमा हुनु पर्ने बताउनुभयो ।

उहाँले अभिभावकको दवावमा विद्यार्थीलाई विषय चयन गर्न लगाउनु विद्यार्थीको मानसिक्तामा असर पर्ने भएकाले उनीहरुले पढ्न सक्ने र भविष्यमा उपयोगि विषय छनोटमा सहयोग गर्न अभिभावकलाई आग्रह गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल नगरपालिकाका पुर्व वडाअध्यक्ष भिमबहादुर श्रेष्ठ, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, सहायक प्राचार्य भिमसेन गौतम, अभिभावक सुरज भट्टराई, विद्यार्थी स्नेहा गौतम, रोशन घिमिरे लगायतले उच्च शिक्षाका लागि अरुको लहलहैमा भन्दापनि आफ्नो रुची र चाहनाको आधारमा विषय छनोट गर्नु पर्ने बताउनुभयो ।

शिक्षक माधाव पौडेलको संचालनमा भएको कार्यक्रममा एसईई परीक्षामा विद्यार्थीलाई उर्तीण गराउने शिक्षकलाई सम्मान समेत गरिएको थियो ।

 
 
  
 

You may also like