रुपन्देहीमा बिस्फोटमा परि पाँच घाईते

by समतल अनलाइन

लुम्बिनी । तिहारको बेला तपाई आतिशबाजी गर्ने योजना बनाउनु भएको छ त्यस्तो नगर्नुहोला सावधान ! आतिसबाजी पटाका बिस्फोटमा परि रुपन्देहीमा पाँच जना घाईते भएका छन ।
लुकीछिपी भारतीय बजार ककरहवा बाट बुधवार राति लु.२० प. १५ नम्बरको मोटरसाईकल मार्फत आतिशबाजी पटाका नेपाल भित्रयाउन लाग्दा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.३ ठूलो पडरियामा अचानक बिस्फोट हुदा चार गाँउले सहित पाँच ब्यक्ति घाईते भएका हुन ।
घाईते हुनेहरुमा मोटरसाईकल चालक रुपन्देहीको गैडहवा गाँउपालिका शिशवा बस्ने ३५ बर्षीय अशोक यादव ,लुसाँनपा ठूलो पडरिया निवासी ७० बर्षीया गुलराही मुसलमान उमरको ४५ बर्षीया दुलही, २२ बर्षीय धमेन्द्रभुसाल, रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
मोटरािईकलको शैलेन्सरमा बोरामा बाँधिएको पटाका छोएर उक्त बिस्फोट भएको ईप्रका लाम्बिनीका प्रहरी निरीक्षक ईश्वरकार्कीले जानकारी गराएका छन ।
घाईतेहरु मध्ये चारजनाको मेडिकल कालेज भैरहवा एक जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like