शैक्षिक क्षेत्रमा नेतृत्व लिदै न्यु होराइजन

बुटवल । रुपन्देहीको ड्राइभर टोलबाट आफ्नो सुरुवाती कक्षा सञ्चालन गरेको होराइजन मावी देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ।

एसईई २०७९ मा दुई जनाको ४ जीपीएसहित सबै विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेपछि विद्यालयको चर्चा फेरि चुलिएको छ । यसो त विद्यालयले समयसमयमा राष्ट्रीय तथा अन्तर्राष्ट्रीय अवार्डहरू पाउँदै आएको छ ।

२०७५ सालमा देखि बुटवलको देविनगरमा शाखा सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्षमा नै कक्षा १२ मा विज्ञान संकायमा चार जिपिए सहित बोर्ड फस्ट भएको थियो ।

नेपाल सरकारद्वारा ७ पटकसम्म पश्चिमाञ्चलमा उत्कृष्ट विद्यालयको रुपमा पर्न सफल भएको थियो । नेपाल सरकारद्वारा लिने विश्वविद्यालयका विभिन्न प्रवेश परिक्षामा उल्लेख संख्यामा नाम निकाल्न सफल भएको छ।

माविले उचित मुल्यमा उत्कृष्ट ल्याव तथा भौतिक सुविधा दिदै आएको छ। इकोनोमिक्स ओलम्पियाड २०२२ नेपाल प्रथम हुन सफल भएको थियो ।

१७ वटा विभिन्न विधामा प्रशिक्षक उत्पादन गर्न सफल भएको छ। जसमा पुर्व राष्ट्रिय कृकेटर शक्ति गौचनको प्रशिक्षणमा कुशल मल्ल , सुरुवात सन भारी , कृतिका मरासिनी जस्ता राष्ट्रिय कृकेटरको उत्पादन भएको छ ।

त्यसैगरी अस्गर अलि , डा. विशाल ज्ञावाली , सुरक्षा पन्त, मनोज बोहोराजस्ता राष्ट्रिय ‘स्टार’हरुको उत्पादन गर्न सफल भएको छ ।

साथै प्राचार्य लोकनाथ उपाध्यायले नेतृत्व गर्नु भयेको संस्था सुरुवाती दिन देखि नै उत्कृस्ट रहदै आएको छ।

 
 
  
 

You may also like