नेपालमा थप ५७७ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २८२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार १७१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४३ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३५६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६४ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ ।

 
 
  
 

You may also like