एसईईको ग्रेड चित्त नबुझे पुनः परीक्षण गर्न सकिने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक सुचना जारी गर्दै एसईई २०७८ को साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित परीक्षार्थीले ग्रेड चित्त नबुझे पुनः परीक्षण (रि–टोटलिङ) गराउन सक्ने जनाएको छ ।

त्यसका लागि यही २७ साउनसम्म तोकिएको ढाँचामा निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ । प्रति विषय ५०० रुपैयाँ तिरेर प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सुचनासहित

 
 
  
 

You may also like