कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८८ पैसा र बिक्री दर १५४ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like