सिद्धिविनायक ग्रुपद्वारा कम्पनीका उत्कृष्ट कर्मचारीलाई अवार्ड प्रदान

बुटवल । सिद्धिविनायक ग्रुपले कम्पनीका उत्कृष्ट कर्मचारीलाई अवार्ड प्रदान गरेको छ ।

कम्पनीले फूड्स तर्फका रिजनल सेल्स म्यानेजर सुमन शाहलाई वेष्ट प्लेयर, नुडल्स तर्फका पोखरा रिजनल सेल्स म्यानेजर सुर्यराज बराललाई ईम्प्लोई अफ द इयर, बागमती रिजनल सेल्स म्यानेजर केदार दुलाललाई एक्सिलेन्स डाटा ड्राईभर, नुडल्सबाट बुटवल रिजनल सेल्स म्यानेजर दिनेश सुवेदीलाई राईजिङ स्टार अवार्ड प्रदान गरेको हो ।

कम्पनीले शुक्रबारदेखि आईतबारसम्म आयोजना गरिएको चितवनको सौराहामा कम्पनीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रवन्ध निर्देशक पुष्पकमल वाग्ले, महाप्रवन्धक विष्णु पौडेल, ह्युमन रिसोर्स प्रवन्धक नेहा सत्याल, वरिष्ठ प्रवन्धक निश्चल केसीले उनीहरुलाई सम्मान गर्नुभएको हो ।

सिद्धि विनायक ग्रुपले शुक्रबारदेखि सौराहामा जि.एम. रिजनल सेल्स म्यानेजर र एरिया सेल्स म्यानेजर तहका कर्मचारीलाई तालिम प्रदान गरेको थियो । सोही कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कर्मचारीलाई सम्मान गर्दै ग्रुपका अध्यक्ष कसजूले कर्मचारीलाई कार्य क्षमता बृद्धिको लागि तालिम प्रदान गरिएको र कर्मचारीलाई प्रोत्साहन गर्न सबैभन्दा राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गरिएको बताउनु भयो ।

 
 
  
 

You may also like