रुपन्देहीमा युवतीको नग्न तस्वीर खिची ब्लकमेलिङ गर्ने २ जना पक्राउ

बुटवल । रुपन्देहीमा एक युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबर्जस्ती गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सैनामैना नगरपालिका सालझण्डीकी युवतीको नग्न फोटो खिचेर सोही फोटो भाईरल बनाईदिने धम्की दिँदै जबर्जस्ती गर्न खोज्ने १ किशोरसहित २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । फोटो देखाउँदै यौन सम्बन्ध राख्न जबर्जस्ती गर्दै गरेको अवस्थामा प्रहरी गस्तीले जबर्जस्ती गर्न खोज्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १ जना १७ बर्षिय किशोर सहित गैडहवा ९ का जगन्नाथ मल्लाह हुन् रहेको प्रहरीले जनाएको छ।

 
 
  
 

You may also like