गुल्मीको चन्द्रकोटमा बजार क्षेत्रमा सोलार बत्ती जडान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाको बजारका मुख्य–मुख्य क्षेत्रमा सडक सोलार बत्ती जडान गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ मजुवा बजारमा २, वडा नम्बर ७ रुपाकोटको एक्लेपिपलमा १ वटा र वडा नम्बर ४ शान्तिपुर बजार क्षेत्रमा ४ वटा गरी जम्मा ७ वटा सोलार बत्ती जडान गर्ने काम गरिएको छ । अघिल्लो आर्थिक बर्षको संघिय सशर्त वैकल्पिक उर्जा कार्यक्रम अनुसार कुल ७ लाख ६३ हजार ४ सय ५० रुपैयाँको लागतमा काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए । सोलार पातामा २५ बर्षको वारेन्टि, ब्याट्रीमा ५ बर्ष र अन्य सामानमा २ बर्षको वारेन्टि भएको बताए ।

गाउँपालिकाका अध्यक्ष युवराज केसीले अहिले सुरुवात गरिएको बताउदै आगामी दिनमा पालिकाका सबै स्थानमा जडानका लागी पहल गर्ने बताए । स्थानियले प्रयोग र संरक्षणमा ध्यान दिन सके जडानले सार्थकता पाउने दावी गरे ।

 
 
  
 

You may also like