बस दुर्घटनामा मृतक ६ जनाकै सनाखत

बुटवल । बुर्तिवाङबाट गुल्मी हुँदै बुटवल आउने क्रममा आइतबार पाल्पाको लघुवामा भएको बस दुर्घटनाका मृतकको सोमबार बिहान सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका–२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका–८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका–७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बर्दघाट नगरपालिका–५ पश्चिम नवलपरासीका २४ वर्षीया पूर्णिमा विक, बडिघाट गाउँपालिका–१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका–७ का ४० वर्षीय लालबहादुर राना रहेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा लु १ ख ५९५२ नम्बरको बस सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो । घटनामा १७ जना घाइते भएका थिए । घाइतेमध्ये लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा १० जनाको उपचार भइरहेको छ । सामान्य अवस्थाका घर फर्किएका छन् । आइतवार घाइतेको उद्धारमै समय बढी लागेकाले मृतकका सोमबार मात्र सनाखत गरिएको पाल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताए ।

 
 
  
 

You may also like