यी प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौँ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले जनाएका छन् । देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिी गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले होशियारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like