नेपालमा पछिल्लो २४ घन्टामा थप ३९१ जनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९८१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ५६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ४० जना र १ हजार ४१९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ५४१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २२ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार २७६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १७२ पुगेको छ ।

 
 
  
 

You may also like