रुपन्देहीमा करेन्ट लागेर एकको मृत्यु

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक जना मिस्त्रीको मङ्गलबार मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ हेम्पपाइप कारखानाका मिस्त्री ५० वर्षिय हरि हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको भैरहवाको भिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

 
 
  
 

You may also like