बुटवल कोरा २०२२ भब्य सम्पन्न , साईकलेहरुले पुरा गरे ६० किलोमिटर यात्रा

बुटवल।शुक्रबार रोटरी क्लब अफ बुटवल डाउनटाउनको २१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२÷२०२३ का नवनिर्वाचित अध्यक्ष भरत बहादुर रानालाई रोटरी ईन्टरनेश्नल नेपाल भुटान ३२९२ का डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजुले सपथ ग्रहणसंग पद भार ग्रहण गरिएका थिए । नवनिर्वाचित अध्यक्ष रानाले आफनो कार्यकालमा मानविय सेवा कार्यमा निरन्तर सहयोग गर्ने तथा योगदान दिने बताए ।

कार्यक्रममा रोटरी ईन्टरनेश्नल नेपाल भुटान ३२९२ का डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजुले मानविय सेवा भावनासहित समुदायमा रचनात्मक कामहरु गर्न आफना मातहतका क्लबहरुलाई सुझाव दिदै थोरै थोरै सहयोगबाट वृहत कार्यक्रम गर्न सकिने समेत बताए । कार्यक्रममा वर्ष २०२१÷२०२२ का अध्यक्ष जबिन कक्षपतिले आफ्नो कार्यकालमा गरेको कार्यक्रमबारे प्रकाश पार्दै सहयोगी पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए। वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण, दुब्यर्सनी बिरुद्ध सचेतनामुलक कार्यक्रम, महिलाहरुलाई सिपमुलक तालिम, पाठेघरको क्यान्सर सम्बन्धि स्वस्थ्य शिविर, पोलिओ बिरुद्ध सचेतना कार्यक्रम लगायत गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालले नगरभित्र रहेका सामाजिक संघसंस्थाहरुबाट विगतमा विपदका बेला भएको सहयोगको स्मरण गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने धेरै संघसंस्थाहरु यहा रहेको बताईन । सामाजिक भावनाका कारण नै ब्यवसायिक संघसंस्थाहरु पनि समुदायमा उदाहरणयोग्य भएको उनले दाबी गरिन ।

वर्ष २०२१÷२०२२ का सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसी, सल्लाहकार भिमराज श्रेष्ठ, हरि खरेल, एजी नारायण पन्त, पंकज ज्ञवाली, निलम अधिकारी, शिव ज्ञवालीलाई आफ्नो कार्यकालमा गरेको सहयोगस्वरुप अध्यक्ष जबिन कक्षपतिले मायाको चिनोबाट सम्मान गरेका थिए ।

कार्यक्रममा जोन २७ का एजी प्रेम भ्रुतेल, वर्ष २०२२÷२०२३ का सचिव विष्णु प्रसाद भण्डारीले हामी भन्ने भावनालाई रोटरी अंगिकार गरेर अघि बढ्दा सफलता मिलेको बताए ।

 
 
  
 

You may also like