नेपाली सर्च इन्जिनको मार्केटिङ डाइरेक्टरमा कमल ज्ञवाली नियुक्त

बुटवल । नेपाली सर्च इन्जिन क्लासिफाइड साइट हो , नेपाल भर भएका सम्पुर्ण संघ संस्था तथा सम्पुर्ण ब्यवसायलाई अनलाइनको माध्यम बाट एउटै प्लेट्फर्ममा सहजरूपमा बजारीकरण गर्ने उदेश्यका साथ यो कम्पनीको स्थापना गरिएको हो ।

नेपाली सर्च इन्जिनमा दर्ता भएपछि आफ्नो ब्यवसायलाई अनलाइनको माध्यम बाट ब्यापार ब्यवसायलाई अगाडी बढाउन ठूलो सहयोग हुनेछ l

अहिले नेपाली सर्च इन्जिनबाट होटल बुकिङ , अस्पतालमा डा. को समयानुसार नाम दर्ताको ब्यवस्था , घर जग्गाको ब्यवसायलाई अनलाइनको माध्यम किनबेच गर्न सकिने , सेकेन्ड ह्याण्ड बजार , जबको बारेमा जानकारी ,ट्रावल प्याकेजहरु , नेपालका पुरातत्त्वतिक तथा धामिक स्थलको बारेमा जानकारी जस्ता सेवाहरु उपलब्ध छन l भविष्यमा थप सेवाहरु थप हुने कम्पनीले जानकारी गराएको छ l

सो संस्थाको मार्केटिङ डाइरेक्टरको रुपमा लामो समय देखि शैक्षिक संस्थामा आबद्ध लुम्बिनी शिक्षालयका पुर्व प्राचार्य , नवज्योति इङलिस बोर्डिङका पुर्व सह-प्राचार्य र अहिले आफ्नै संस्था इडिआई ग्लोबल एजुकेशनका मार्केटिङ हेड कमल ज्ञवाली नेपाली सर्च इन्जिनका मार्केटिङ डाइरेक्टरका रुपमा नियुक्त हुनु भएको छ।

कम्पनीको प्रधान कार्यालय बुटवल रुपन्देहीमा रहेको छ ६ महिना भित्र सबै प्रदेशमा शाखा बिस्तार गर्ने कम्पनीले जनाएको छ l

 
 
  
 

You may also like