लुम्बिनीमा अब रगत पुर्ण निशुल्क

बुटवल । सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धी सबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरि प्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्क निशुल्क गरेको हो ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो ।
अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटवाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रंकतसंचार केन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनीले बताए ।

उनले प्रदेश भरि ६० हजार रगत संकलन र व्यवस्थापन रेडक्रशमार्फत भैरहेको भन्दै अव सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारले दिने भएपछि लुम्बिनीमा रगत पुर्णरुपमा निशुल्क भएको बताए । अस्पतालमा आएका विरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरुको सिफारिसक रक्तसंचार केन्द्रले पुर्णरुपमा निशुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकालको भनाईछ ।

यस अघि रगतका लागि आवश्यक पर्ने कवर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका गरि ८ सय रुपैयासम्म शुल्क लाग्ने गर्दथ्यो ।

 
 
  
 

You may also like