पत्रकारहरुलाई कुपोषणको क्षेत्रमा कलम चलाउन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष गिरीको आग्रह

बुटवल ।जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग विषयक पत्रकारिता तालिम मङ्गलबार बुटवलमा सम्पन्न भएको छ । युसए.आई. डि, सुआहारा, युनिसेफको आयोजना नेपाल सरकार राष्ट्यि स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र र नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशको समन्वयमा भएको दुई दिने तालिममा लुम्विनी प्रदेशका पत्रकारहरलाई तालिम प्रदान गरिएको हो ।

तालिम समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार स्वास्थ्य शिक्षा सूचना तथा संञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्क्त बहादुर के सी ले पत्रकारहरुलाई स्वास्थ्यको विषयमा समाचार लेख्दा बढी संवेदनशील भएर कलम चलाउन आग्रह गर्दै दुई दिने तालिममा सिकेका विषयवस्तुले पत्रकारहरुमा परिवर्तन ल्याउन तालिम उपलब्धिमुलक हुने बताउनु भयो । त्यस्तै कार्यक्रमका अध्यक्ष नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष बसन्त गिरीले अन्नको भण्डार भनेर चिनिने लुम्विनी प्रदेशमा कुपोषणको अवस्था बढी हुनु चिन्ताको विषय भएको हुदाँ हरेक नागरिकले खाद्यान्न फाल्ने बानीको न्युनीकरण गर्न समेत अनुरोध गर्नुृ भयो । साथै उहाँले तालिममा सहभागि पत्रकारहरुलाई स्थानीय सरकारले पोषणको क्षेत्रमा के कस्ता कामहरु गरेको छ , पोषणमा बजेट के कति बिनियोजन गर्छ र कार्यक्रमहरु कत्तिको प्रभावकारी छन् या छैनन् भन्ने बारे पनि झकझकाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सुआहारा परियोजना दोस्रोका लुम्विनी प्रदेश संयोजक भरत शर्माले आयोजक टिम, प्रशिक्षकप्रति बिशेष आभार व्यक्त गदै सुआहारा एउटा अभियान भएको र यस परियोजनाले पोषणको क्षेत्रमा सुधार गर्न धेरै कामहरु गरेता पनि नतिजा प्रभावकारिता हुन नसक्दा यस्ता कार्यक्रम एउटा , व्यक्ति, समुह, संस्था र क्षेत्र ले मात्रै गरेर नहुने हुदाँ पोषणलाई सर्वव्यापी र प्रभावकारी बनाउन आम पत्रकारहरुको भूमिका महव्वपूर्ण हुने हुदाँ पोषणको क्षेत्रमा कलम चलाउन आग्रह गर्नु भयो ।

नेपालमा ठूला, ठूला परिवर्तन गर्न पत्रकारहरुको महव्वपूर्ण भूमिका हुने हुदाँ यो दुई दिने तालिममले स्थानिय पालिकाहरुले पोषणमा छुटाएका बजेट , कार्यान्वयको अवस्था, बजेट संही ठाउँमा प्रयोग भयो या भएन् जस्ता विषयवस्तुमा कलम चलाउन अनुरोध गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव विक्रम खड्काले पछिल्लो समयमा नयाँ युवा पुस्ता प्रविधिमा निकै अगाडि भए पनि उनीहरुमा जिज्ञासाहरु कम हुनु चिन्ताको विषय भएको बताउदै आगामी दिनमा प्रविधिमा मात्रै सीमित नभएर स्थलगत रुपमा सत्य तथ्य रिर्पोटिङ्ग गर्न आग्रह गर्दै दुई दिने तालिममा सिकेका विषयवस्तुलाई केही प्रतिशत भए पनि लागु गर्न अनुरोध गर्नु भयो । समापन कार्यक्रममा सहभागिको तर्फ बाट नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य , हिमाली खड्का , प्रेम सुनार र रविन्द्र गुप्ता लगायतले तालिममा सिकेका विषयवस्तुलाई आफनो दैनिकीमा लागु गर्ने प्रतिवद्धता व्यक्त गदै लुम्विनी प्रदेशमा कुपोषणको अवस्था बढी भएको हुदाँ कुपोषणको विषयमा कलम चलाउने अठोठ व्यक्त गर्नु भएको थियो । साथै यस तालिममले जोखिममा कसरी रिर्पोटिङ्ग गर्ने सत्य , तथ्य समाचार कसरी लेख्ने जस्ता विषवस्तुमा अझै गहिरेर अध्यययन गर्न र स्वास्थ्यको विषयमा समाचार बनाउदा आगामी दिनमा अझै संवेनदशील भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग विषयक पत्रकारिता तालिममा वरिष्ठ पत्रकार मोहन मैनाली , सुआहारा कार्यक्रम केन्द्रिय कार्यालयका वरिष्ठ संचार प्रबन्धक ईन्द्रध्वज केसी संस्थाकी कोर्डिनेटर संघर्ष पन्त, सुआहाराकै इन्द्र भुजेल , सुआहारा दोस्रो लुम्विनी प्रदेशका संयोजक भरत शर्मा, लुम्विनी प्रदेशका कृषि संयोजक अर्जुन श्रेष्ठ लगायतले प्रशिक्षण दिनु भएको थियो । तालिममा प्रदेश सांसद बिष्णुमाया थापामगर , लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरी , प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाको बिशेष आतिथ्यथामा तालिमको उद्घाटन गरिएको थियो । तालिममा लुम्विनी प्रदेशका दश जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like