नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधि सभाबाट नेपाली नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ पारित भएको हो । सो विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गरेका थिए ।

सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो । आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गरेका हुन् । पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुनः संसदमा टेबुल भएको थियो ।

 
 
  
 

You may also like