बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ९३ हजाज ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

 

 
 
  
 

You may also like