४ मंसिरमा संसदको चुनाव हुने

काठमाडौं । सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ ।

२ मंसिर शुक्रबार परेको र मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो ।

४ मंसिरको आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशको चुनाव हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश हुने बुझिएको छ ।

 
 
  
 

You may also like