महरालाई थप सात दिन थुनामा राख्न अनुमति

by समतल अनलाइन

काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ । योसँगै उनले अनुसन्धानका लागि २५ दिन थुनामा बिताउनेछन्।

महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरासँग यसअघि नै जिल्ला सरकारी वकिलकहाँ ७ घण्टा लामो बयान लिइएको थियो। म्याद थपिएसँगै महरा कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन्। तिहार बिदापछि कात्तिक १४ मा अदालत खुलेसँगै महरालाई पुनः पेश गरिनेछ।

महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।

 
 
  
 

You may also like