बुटवल उपमहानगर नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चितउपमहानगर घोषणा गरिएको छ।
सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्ष माथिकाउमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितताउपमहानगर तथानियमितखोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

बुटवल उपमहानगरपालिकाप्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चितगर्नकालागिआवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चितउपमहानगर घोषणा गरेको जानकारी गराएकाथिए ।

बुटवल उपमहानगरपालिकामाखोप लगाउनबाँकी रहेकापूर्ण खोपकालागिआह्वानगर्दैखोप केन्द्र मार्फतसेवाप्रदानगरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए।

उनले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरीखोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलककार्यक्रम सञ्चालनतथाप्रचार प्रसार,छुट नागरिकहरुलाई खोप सेवाप्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरीदिगोपना सुनिश्चितगरिएको बताए ।

बुटवल उपमहानगरपालिकाकीउपप्रमुख सावित्रादेवीअर्यालले बुटवलले बुटवलभित्र र बुटवलबाहिरकानागरिकलाई समेत कोभिडकालमा सेवाप्रदान गरेकोबताइन् । उनले बुटवलमा खोेप सुनिश्चितभएको र खोप लगाउनबाँकी रहेकाहरुलाई खोप लिनआह्वानगरिन् ।
उपमहानगरपालिकाकानिमित्तप्रमुखप्रशासकीयअधिकृत मित्रमणिखनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नकालागिजिल्लाखोप समन्वय समितिलाई भेरिफिकेसन तथाअनुमतिप्रदानगर्न पालिकाबाट सिफारिस, जिल्लाखोप समन्वय समिति बाट भेरिफिकेसन गरीपूर्णखोप गर्न अनुमतिप्रदानभएको जानकारी गराए।

उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए।
कार्यक्रममाकोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्यातथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्यनिर्देशनालय, स्वास्थ्यकार्यालय, सामाजिकतथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाकाकर्मचारीहरुलाई सम्मानगरिएको थियो ।

स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य र शिक्षाकाकार्यक्रम सञ्चालन गर्छौंः मुख्यमन्त्री

लुम्बिनीप्रदेशकामुख्यमन्त्रीकुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् ।
बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चितउपमहानगर घोषणाकार्यक्रममाबोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालनगर्ने बताएकाहुन् ।

उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाप्रशंसनीय रहेको भन्दै आगामीदिनमाप्रदेश सरकारले स्वास्थ्यकाअधिकांशकार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालनगर्ने बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमामहिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालनगर्ने तयारी गरेको बताए । ‘गाउँटोलसम्मपुगेकामहिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नै परिचालनगर्ने गरी चुलो सुधार कार्यक्रमहामीले बुटवल उपमहानगरपालिकाबाटै शुरु गर्ने तयारी गरेका छौं’–उनले भने–यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुनमोडलमा सञ्चालनगर्ने टुंगो लगाउँछौं ।’

कार्यक्रममाबोल्दै स्वास्थ्य, जनसंख्यातथा परिवार कल्याण मन्त्रीइन्द्रजितथारुले आगामी समयमाहुनसक्ने स्वास्थ्यचुनौतीको सामनागर्नकालागिप्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालनगर्ने बताए ।
उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी कामहुन सकेको बताए । कार्यक्रममाप्रमुखजिल्लाअधिकारी भरतमणि पाण्डे, जिल्ला स्वास्थ्यकार्यालय रुपन्देहीकागौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्यशाखाप्रमुखयुवराज पाण्डेलगायतले बोलेकाथिए ।

 
 
  
 

You may also like