बुटवलको एक होटलमा झुन्डिएको अवस्थामा एक युवती फेला

बुटवल ।बुटवलस्थित पाल्पाली होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन ।
बुटवल उपमहानगर पालिका -३ मा रहेको सो होटलमा बुटवल -११ कि २१ बर्षिय समिक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसिले बताएका छन ।
प्रहरीका अनुसार गएराती ती युवती र एक युवा होटलमा बस्ने गएको जनाइएको छ।

‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल संचालकले फोन गरेका गर्नु भएको थियो ।’–उनले भने ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छ ।

 
 
  
 

You may also like