प्रहरीमा ठूलो संख्यामा खुल्यो भर्ना, कुन पदमा कति ? (सूचनासहित)

१९ असार २०७९, आईतवार

काठमाडौँ । जनपदतर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २,९१७ जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ ।

त्यसै गरी प्रहरी जवानको लागि खुलामा १,३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ ।
हेर्नुस् सूचना

फेसबुकबाट तपाईको प्रतिक्रिया