यस्ताे रहृयो लायन्स क्लव अफ सैनामैना मलमलाको पदस्थापन

वुटवल ।लायन्स क्लव अफ सैनामैना मलमलाको पद हस्तान्तरण कार्यक्रम सम्पन भयको छ । सैनामैना ७ मा रहेको वाटर वर्ल्ड रिसोर्टमा सम्पन भव्य समारहोका बीच वर्ष २१/२२ का अध्यक्ष सरोज पन्थले वर्ष २२/२३ का अध्यक्ष युवराज कार्कीलाइ पद हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र शर्माले क्लबको वर्षभरिको कामको तारिफ गरेका थिए ।

वृक्षारोपण देखि स्वास्थ शिविर सम्मका कामको प्रसंशा गर्दै आगामी दीनमा क्लवकाे यस्तै रचनात्मक कामलाइ निरन्तरता दिनुपर्ने बताए । यस्तै उपप्रमुख बिना रानाले गाँउघरमा लक्षित कार्यक्रममा ध्यान दिन सके क्लबको सार्थकता अझै झल्किने बताइन् ।

कार्यक्रममा लायन्स जोन चियर पर्सन एकदेव बस्याल,रिजन चियर पर्सन माधव खनाल , रोटरी क्लव अफ तिलोत्तमाका अध्यक्ष विष्णु चापागाईं लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा वर्ष २१/२२ का अध्यक्ष सरोज पन्थले आफ्नो कार्यकालमा भएका काम र गतिविधिबारे जानकारी समेत गराएका थिए ।

साथै पन्थले क्लवलाई सहयोग गर्ने भिन्नन्न व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए । नवनिर्वाचित अध्यक्ष युवराज कार्कीले क्लबका अधूरा कामलाइ निरन्तरता दिँदै समुदायलाइ लक्षित गरी कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रमकाे स्वागत मन्तव्य चार्टर प्रेसिडेन्ट कृष्णप्रसाद शर्माले गरेका थिए भने संचालन पूर्व सचिव लेखनाथ गैरे र नबनिर्बाचित सचिव चन्द्रप्रकाश वन रामुले संयुक्त रुपमा गरेका थिए ।

 
 
  
 

You may also like