सैनामैना नगरपालिकाले रोपाई गरि मनायो धान दिवस

सैनामैना। असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ स् भन्ने मूलनाराका साथ १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइएको छ । सोही अवसरमा सैनामैना नगरपालिकाले किसानको खेतमा रोपाइँ गरेर धान दिवस मनाएको छ ।

सैनामैना नगरपालिका कृषि विकास शाखाको आयोजनामा नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी, वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी,विभिन्न संघ संस्था प्रमुख तथा पदाधिकारी, कृषकहरु ,पत्रकारको सहभागीतामा सैनामैना नगरपालिका वडा नं ६ भरतपुर टोल बैकुण्ठपुरमा किसानको खेतमा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले खाद्यान्न उपभोग गर्नेको संख्या बढेसँगै उत्पादनको वृद्धि आवश्यक रहेकोे बताउनुभयो ।

उहाँले मुख्य खाद्यान्न बाली अन्तरगत धान र चामल रहेकाले कृषि उत्पादकत्व बढाउन धान, चमाल, तरकारी र फलफूल आफ्नै बारीमा उत्पादन गर्न सके समुन्नत देश र नगरको विकाशका लागि महत्वपुर्ण पाटो कृषि नै रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘बिदेशबाट आयात हुने बस्तुहरुमा परनिर्भर नै रहने हो भने कृषिमा आत्मनिर्भर हुन सक्दैनौं’ । पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहेकाले सामुहिक र व्यवसायी खेतीमा लाग्न किसानलाई आग्रह गर्नुभयो ।

कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नगरपालिकाले धान दिवस मनाएको बताउदै नगर प्रमुख शर्माले कृषिको आधुनिकीकरण र व्यवसायीकिकरण गर्न जोड दिएकाले आगामी बर्ष पनि धान दिवस अझ भव्य रुपमा मनाउने बताउनुभयो ।

नगर उपप्रमुख बिना रानाले नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्रथामिकता दिएर अघि बढेको बताउँदै कृषिबाटै नगरको विकाश सम्भव रहेको उल्लेख गर्नुभयो । देशमा निर्वाहमुखी कृषि प्रणाली मुख्य समस्या रहेकोे बताउदै कृषिमा आत्मनिर्भर बानी स्थानीय उत्पादित वस्तु विदेश निर्यात गर्न सके समृद्ध देशको परिकल्पना गर्न सकिने बताउनुभयो ।

 
 
  
 

You may also like