काङ्ग्रेस रुपन्देहीद्वारा जनप्रतिनिधिलाई परिक्षण तथा बधाई दिने

भैरहवा ।नेपाली कांग्रेस रुपन्देहीले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा बधाई दिने भएको हो । जनताको कामलाई छिटोरितो, प्रभावकारी रुपमा सञ्चालन तथा हौसला प्रदान गर्ने उद्देश्यले पार्टीले जनप्रतिधिधिलाई सम्मान गर्न लागेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्वमा निर्वाचनपछि पहिलो पटक आइतबार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले निर्वाचन लगत्तै जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुुपरेको र अहिले उक्त कार्यमा सकिएलगत्तै यही असार १८ गते शनिबार दिउँसो भैरहवास्थित युनिक बैनक्वीटमा दिउँसो २ बजे सम्मान तथा बधाई कार्यक्रम राख्ने निर्णय गरेको हो । यसलगत्तै पार्टीले विज्ञहरुलाई बोलाएर सबै निर्वाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण पनि दिने भएको छ । कार्यक्रमको लागी पार्टी उपसभापति डा. अनिता ढुुंगाना शाहको संयोजकत्वमा तयारी समिति समेत गठन गरिएको सचिव हरि काफ्लेले जानकारी दिए ।

त्यस्तै कांग्रेसले स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धांधलीरहित रुपमा सम्पन्न गराउने र गराउन सहयोग गर्ने निर्वाचन कार्यलय, सुरक्षाकर्मी, सञ्चारकर्मी, पार्टीका नेता तथा कार्यकर्ता, शुुभेच्छुक एवं भातृसंस्था एवं मतदानमा सहभागी हुने आम मतदातालाई समेत धन्यवाद दिएको छ ।

बैठकमा बोल्दै कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले निर्वाचित जनप्रतिनिधिहरुलाई आफूलाई शासक नठानी जनताको सेवक भएर काम गर्नुुपर्ने बताए । उनले स्थानीय तहसँग जनताको धेरै अपेक्षा र भरोषा रहेको भन्दै जनताको विश्वासमा आघात नपुुग्ने गरी काम गर्नुुपर्नेमा जोड दिए ।

 
 
  
 

You may also like