ग्यास बोकेको ट्रक सडकबाट खस्यो, एकको मृत्यू

by समतल अनलाइन

बैतडी । महाकाली राजमार्गमा बिहीवार बिहान ग्यास बोकेको एउटा ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ । धनगढीवाट दार्चुलातर्फ जानेक्रममा दुर्घटनाग्रस्त भएको हो ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार मृतकको पहिचान हुन सकेको छैन । महाकाली राजमार्गमा पर्ने बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीवार बिहानै ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनी ट्रक सडकबाट २०० मिटर तल खसेको हो ।

 
 
  
 

You may also like