श्रीमतीको हत्या गरी श्रीमान आफै पुगे प्रहरी चौकी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ डाडाकटेरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शुक्रबार दिउँसो साढे २ बजे मालारानी-२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए ।

दुई जना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरे’ भन्दै इलाका प्रहरी कार्यालय आत्मसमर्पण गरेका थिए । प्रहरी निरीक्षक पौडेलले भने घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

 
 
  
 

You may also like