अौषधी ब्यवसायीको स्थापना दिवसमा रक्तदान

बुटवल।नेपाल अौषधी ब्यवसायी संघ, रुपन्देही जिल्लाले आफ्नो स्थापना दिवस वृहत रक्तदान गरि मनाएको छ। संघको ४९ अौ स्थापना दिवसको अवसरमा शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै संस्थागत विकाससंगै सामाजिक हकहितमा आफुहरु निरन्तर लागेको बताए। रुपन्देहीमा नै पुरानो संस्थाको सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल भएको उनले बताए।

कार्यक्रममा विशेष सल्लाहकार डा रोहित राज क्षेत्रीले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व वहन हुने गरि कार्यक्रम गर्दै आएको बताए।संस्थाको संघिय संरचना ब्यवहारमा लागू हुन नसक्दा आवश्यक रुपमा काम गर्न नसकेको बताए।

संघका कार्यबाहक अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थागत हकहितका साथै विविध सामाजिक कार्य गर्दै आएको बताए। कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले कार्यक्रममा ५४ युनिट रगत संकलन भएको बताए।

कार्यक्रममा संघका महासचिव पुरुषोत्तम भट्टराई, प्रदेश उपाध्यक्ष तथा संघका जिल्ला सल्लाहकार अमृत सुवेदी, सल्लाहकार प्रभा भण्डारी, रक्तसंचार केन्द्रका सदस्यसचिव राधा शर्माले रक्तदानको अभियानमा सबै लाग्नुपर्ने बताए।

 
 
  
 

You may also like