बुटवलकै कान्छा वडाध्यक्ष रानालाई नगर प्रवक्ताको जिम्मेवारी

बुटवल । बुटवल उपमहानगरपालिका- १५ का वडाध्यक्ष शिव रानाले नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

बुटवल उपमहानगरपालिकाको सोमबार बसेको बैठकले रानालाई नगर प्रवक्तामा नियुक्ति गर्ने निर्णय गरेको हो ।

बुटवलकै कान्छा वडाध्यक्ष समेत रहेका उनी स्थानीय तहको निर्वाचन- २०७९ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 
 
  
 

You may also like