जिल्ला समन्वय समिति रुपन्देहीको संयोजकमा नेपाली काँग्रेसका चापागाइँ विजयी

बुटवल । जिल्ला समन्वय समिति (जिसस) रुपन्देहीमा नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

जिसस रुपन्देहीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट सुद्धोधन गाउँपालिकाका उमाकान्त चापागाई विजयी हुनु भएको हो ।

३२ मत रहेको रुपन्देहीको जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित चापागाईले २० मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार नरबहादुर घर्तीले १२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सहसंयोजकमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएकी लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोवी निर्वाचित हुनु भएको छ । उहाँले १६ मत प्राप्त गर्दा एमाले उम्मेदवार पवित्रादेवी श्रेष्ठले १५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्यहरुमा काँग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल १८, राजमनप्रसाद हरिजन २०, अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८, बुधन चमार १९, माओवादी केन्द्रकी मन्जु परियार १८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

 
 
  
 

You may also like