बुटवलमा अनियमित विद्युत कटौतीको समस्या समाधानका लागि मेयर पाण्डेको निर्देशन

बुटवल ।बुटवलमा भइरहेको अनियमित विद्युत कटौतीबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तत्काल समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नगरप्रमुख पाण्डेले बुधबार विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, इञ्जिनियरहरु किरण खनाल र आनन्द सापकोटासहितको टोलीसँग विद्युत कटौती, लो भोल्टेज र सडक क्षेत्रका पोललगायतका समस्याका बारेमा छलफल गरेका थिए ।
नगरप्रमुख पाण्डेले बुटवल क्षेत्रमा भइरहेको अनियमित विद्युत कटौतीको समस्या समाधान गर्नका लागि प्राधिकरणका बुटवल वितरण केन्द्र प्रमुखलाई निर्देशन दिए ।

‘अहिले बुटवलमा एकदमै गर्मी छ, छिनछिनमा बिजुली काट्ने गर्दा यहाँका बासिन्दालाई एकदमै समस्या भइरहेको छ, यो समस्याको कारण के हो, यसको समाधान खोजेर तत्कालै समाधान गर्नुहोला, उनले प्राधिकरणका कार्यालय प्रमुखलाई भने–‘यसमा बुटवल उपमहानगरपालिकाले के गर्नुपर्छ, प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्ने, बजेटका लागि डेलिगेशन जानुपर्ने या अरु के समस्या छन्, त्यसमा हामी सँगसँगै अघि बढ्न सक्छौं, जसरी पनि यो समस्या समाधान हुनुपर्यो ।’ उनले अनियमित विद्युत कटौतीले सर्वसाधारणदेखि उद्योगी व्यवसायीलाई समेत मर्का परिरहेकाले छिटै नै समाधान निकाल्न आग्रह गरे ।

 
 
  
 

You may also like