सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै, कसको कति ?

काठमाडौँ । देशका सात वटै प्रदेश सरकारले आज (बुधबार) आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार आज सबै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । सबै प्रदेश सरकारको यो अन्तिम कार्यकालको बजेट हो । सबैजसो प्रदेश सरकारले सार्वजनिक गर्न लागेको बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रम तथा योजनालाई प्राथमिकतामा राखेका छन् ।

प्रदेश-१ सरकारले सार्वजनिक गर्न लागेको बजेट झण्डै ३८ अर्ब रुपैयाँ बराबरको छ । त्यसैगरी मधेस प्रदेश सरकारले झण्डै ३४ अर्बको बजेट ल्याउने तयारी गरेको छ भने बागमती प्रदेश सरकारले झण्डै ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले ३० अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेश सरकारले ४१ अर्ब भन्दा बढीको बजेट ल्याउँदै छ । कणर्ाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी कणर्ाली प्रदेश सरकारले गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको भन्दा झण्डै चार वर्ष बढाएर बजेट ल्याउने तयारी सुदूरपश्चिम प्रदेश सरकारले गरेको हो ।

 
 
  
 

You may also like