निर्वाचित जनप्रतिनिधीलाई डा.सीके राउतको निर्देशन ः जनताको सेवक भएर काम गर्नु

बुटवल ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचित जनप्रतिनिधीहरुलाई जनताको सेवक भएर काम गर्नु निर्देशन दिएका छन्। उनले अन्य पार्टीका नेता कार्यक्रता जस्तो आफूलाई शासक नठानी जनाताको सेवक भएर जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । आईतवार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुपन्देहीको लुम्बिनी आई पुगेका डा. राउतले यस्तो निर्देशन दिएका हुन् ।

जनताको घर घरमै गएर सेवा दिनु पर्ने , भ्रष्टाचार अन्त्य गर्ने , सुशासन कायम गरेर काम गर्न समेत डा राउतले आग्रह गरे । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीहरुले नयाँ र फरक काम गर्छन् भन्ने उदाहरण बन्न पनि नेता कार्यक्रतालाई डा. राउतले आग्रह गरे ।उनले निर्वाचनमा पहिलो पटक भाग लिएको जनमत पार्टीलाई रुचाएर राम्रो मत दिएको बताउदै अधिकांश स्थानमा थोरै मातान्तरले मात्र जनमत पार्टी अन्य पार्टी भन्दा पछाडी परेको उल्लेख गरेका छन् । आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत पार्टीलाई धेरै भन्दा धेरै स्थानमा विजय गराउन नेता कार्यकर्ताहरुलाई क्रियाशिल भएर काम गर्न डा राउतको आग्रह रहेको छ ।

त्यस्तै , जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अबदुल खानले जनमत पार्टीले निर्वाचित प्रतिनिधीलाई जनता राज ल्याउने गरी काम गर्न र प्रार्टीको ईज्जत बचाउन आग्रह गरे ।

पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले पार्टीका उम्मेदवारलाई निर्वाचित बनाउन सहयोग पुराउने र मतदान गरी जनमतका उम्मेदवार विजय बनाएकोमा सबैमा धन्यवाद् दिए छन् । उहाँले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा सबै जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

जनमत पार्टीले देशभरि एक÷ एक नगरपालिका र गाउँपालिका जितेको छ भने १९ओटा वडाहरुमा पनि जनमत पार्टीले जित निकालेको हो ।पहिलो पटक निर्वाचनमा होमीएको जनमत पार्टीले तराईका अधिकांश जिल्लाहरुमा उम्मेदवार उठाएको थियो । सुशासन र भ्रष्टाचारको मुद्धा दिएर निर्वाचनमा होमिएको जनमत पार्टीले निर्वाचित प्रतिनिधीहरुलाई सुशासन युक्त भ्रष्टाचार मुक्त पालिका निर्माण गर्नुको साथै जनताको पक्षमा काम गर्न प्रशिक्षणनै चलाएको छ । पालीकामा सुशासन काम गर्ने , भ्रष्टाचार अन्त्य गर्ने , जनताका समास्यालाई समाधान गरी जनता राज ल्याउने भन्दै पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउत स्वयम्ले प्रशिक्षण दिएका छन् ।

 

 
 
  
 

You may also like