नाडा लुम्बिनीको दोस्रो साधारण सभा

बुटवल।लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री पुर्मती ढेगामगरले उद्घाटन गर्दै युवाहरुलाई देशमा नै रोजगार दिन अटो ब्यवसायको योगदान रहेको बताईन। अटो ब्यवसायलाई उकास्ने गरि अटो तालिमका साथै उद्यम ब्यवसायी बनाउने रुपमा कार्यक्रमहरु ल्याएको उनले बताईन। युवा र अटो क्षेत्रलाई समेट्ने गरि नितिगत रुपमा आफुले काम गर्ने प्रतिवद्घता जनाउदै सडकको मर्मत, सवारी ब्यवस्थापनका लागि आवश्यक ट्राफिक ब्यवस्थापनको लागि समेत पहल गर्ने उनले बताईन।

कार्यक्रममा नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका ब्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको बताए। देशको राजश्वमा २५ प्रतिशत योगदान दिएको र लाखौ युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजश्व उपलब्ध गराउने गरेको उनले बताए। सरकारले पछिल्लोसमय सवारी आयातमा प्रतिवन्दले आर्थिक समस्या उत्पन्न हुने देखिएको उनले बताए। अटोमोबाईल्स ब्यवसायमा संकट छाएको उनले दुखेसो गरे। समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटो मोबाइल्सको महत्वपुर्ण योगदान रहेको उनले बताए।

कार्यक्रममा केन्द्रिय अध्यक्ष ध्रुव बहादुर थापाले प्रदेशस्तरमा संस्थालाई विकेन्द्रीकरण गरि ब्यवसायीहरुलाई संगठित र मजबुत बनाउने कामलाई अघि बढाएको बताए। ईतिहासमा नै अटो क्षेत्र सबैभन्दा कठिन समस्यामा रहेको भन्दै यसमा सरकारको विशेष ध्यान जानुपर्ने बताए। साढे ३ खर्बको लगानी, १ लाख प्रत्यक्ष र राजश्वमा २५ प्रतिशत योगदान दिएको क्षेत्रलाई राज्यबाट योगदानको महत्त्व बुझ्न नसकेको दुखेसो गरे। विद्युतिय सवारीलाई प्राथमिकता राख्ने भनेपनि ब्यवहारमा कार्यान्यनमा चुकेको उनले दुखेसो गरे। नेपालको भौगोलिक अवस्था र विद्युतिय सवारीको प्रयोग विपरित सरकारी नीति भएको भन्दै २ वर्षको अन्तरमा ४ पटक कर फेरबदल गरेको दुखेसो गरे।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले ट्राफिक नियमको पुर्ण पालना नभई दुर्घटनामा कमी नआउने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए। सबैले आफ्नो जिम्मेवारी र भुमिका मानेर योगदान दिन आग्रह गर्दै अझै पनि प्रविधिको कमी ट्राफिक ब्यवस्थापन रहेको उनले बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले कोभिड १९ को संक्रमणबाट प्रभावित भएको क्षेत्र अटो ब्यवसाय भएको भन्दै सरकार आर्थिक तरलता र व्यापार घाटा देखाएर एलसीको कडाई गलत भएको बताए। एकातिर सन २०३० सम्म पेट्रोलियम पदार्थ जिरो गराउने घोषणा गर्ने अर्कोतर्फ ईलेक्ट्रिक सवारीको भन्सार बढाउनु गलत भएको उनले बताए ।
कार्यक्रममा पत्रकारीता क्षेत्रबाट अटोमोबाईल्स क्षेत्रको योगदान दिएवापत पत्रकार स्वस्तिक श्रेष्ठ र कपिल ज्ञवालीलाई नगदसहित सम्मान गरिएको छ। नाडा लुम्बिनीले निवर्तमान केन्द्रीय अध्यक्ष तथा सफल ब्यवसायी कृष्ण प्रसाद दुलाललाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेको छ। यसैगरि ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएवापत ३ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ। ट्राफिक सहायक निरिक्षक फरसुराम गौतम, ट्राफिक तामलाल भट्टराई, अर्जुन कुमार परियारलाई नगद सहित सम्मान गरिएको हो।
कार्यक्रममा निर्वतमान केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद दुलाल, शस्त्र प्रहरी बलमा नायव उपरिक्षक सुरज पाण्डे, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, काकास अनुप कुमार बराल, गोपाल भट्टराई, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे,
नाडा लुम्बिनीका महासचिव रोशन पाण्डेले अटो ब्यवसायीहरु केवल आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको बताए।देशभरमा नाडामा ३ हजार २ सय सदस्य आवद्घ छन।

 
 
  
 

You may also like