पोषणका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीको आग्रह

बुटवल ।पोषण संवेदनशील कृषि सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम लुम्विनी प्रदेशको बुटवलमा हिजो बुधबार सम्पन्न भएको छ ।

कृषि , खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्विनी प्रदेशको आयोजना र यु एसए आई डि र सुआहाराको आर्थिक संहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले सुआहाराले लुम्विनी प्रदेशमा पोषणलाई सुधार गर्न विभिन्न जिल्लामा धेरै कामहरु गरेता पनि यसको प्रभावकारिता कम देखिएको बताउदै आगामी दिनमा पोषणका कार्यक्रमलाई प्रभावकारिता बनाउन अनुगमनको खाँचो रहेको बताउनु भयो ।

क्षेत्रीले लुम्विनी प्रदेशले पोषणलाई महव्वका साथ लिएको र बजेटमा समेत अभाव नभएको तर कार्यान्वनमा समस्या हुदाँ आगामी दिनमा पोषणका कार्यक्रमहरुमा संहकार्य गदै बढी प्रभावकारी बनाउन आग्रह गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका अध्यक्ष कृषि , खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले सुआहारा कार्यक्रमले पोषणमा आसातित परिवर्तन गर्न नसकेनी पनि पोषणमा प्रभावकारिता ल्याउन र कृषि प्रबद्र्धनमा जोड दिन अझै संवेदनशील हुन आवश्यक रहेको बताउनु भयो । देवकोटाले सुआहारा कार्यक्रमले गर्ने सिकाई तथा उपलब्धीलाई निरन्तरता दिनका लागि विभिन्न मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन समेत दिन आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशका प्रमुख डा विनोद गिरीले सुआहारा कार्यक्रमले स्थानीय तह देखि घरधुरी तहसम्म पुगेर निरन्तर काम गरिरहेको तर कार्यक्रम अनुरुप पोषणको तश्याङ्घमा परिवर्तन नहुदाँ नयाँ तरिकाले कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो । साथै गिरीले परियोजनाहरु प्रदेश तहमै डिजाइन गरि कार्यान्वन गर्दा बढी प्रभावकारी बनाउन सकिने बताउनु भयो ।

पोषण संवेदनशील कृषि सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा लुम्विनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक राोशनलाल चौधरीले पहिलो कार्यपत्र माथि प्रकाश पादै लुम्विनी प्रदेश पोषणमा चौथौ स्थानमा रहेको हुदाँ पोषणको लक्ष्यसम्म पुग्न अझै समय लाग्ने बताउदै पोषणामा सुधार ल्याउन लुम्विनी प्रदेशले विभिन्न पोषण सम्बन्धी रणनीति बनाएको बताउनु भयो त्यस्तै दोस्रो कार्यपत्र माथि सुआहारा परियोजनाका लुम्विनी प्रदेश संयोजक भरत शर्माले सुआहाराले स्थानीय पालिका देखि विभिन्न तह सम्म पोषण लगायत कोभिड १९ को महामारीमा स्वास्थ्य क्षेत्रमा धेरै कामहरु गरेको छ तर पनि सुधारमा समस्या हुदाँ आगामी दिनमा विभिन्न निकायको संहकार्यमा कार्यक्रमलाई उपलब्धीमूलक संगै लुम्विनी प्रदेशलाई पोषणयुक्त गराउने प्रयास गर्ने समेत बताउनु भयो ।

बिशेष गरेर सुआहाराले स्थानीय तह , आमा समुह र महिला स्यमसेविका सग रहेर विभिन्न कार्य गदै आएको परियोजनाका संयोजक शर्माले जानाकारी दिनु भयो । यस्तै खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबद्र्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरेले खाद्य तथा पोषण सुरक्षाका समस्या, समाधानका लागि नेपाल सरकार तथा लुम्विनी प्रदेश सरकारले अपनाएका रणनीति बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सुआहारा कार्यक्रमका कृषि म्यानेजर राम कुमार न्यौपानेले कृषिलाई कसरी पोषणसंग संवेदनशील बनाउन सकिन्छ भन्ने विषवस्तुमाथि प्रकाश पार्नु भएको थियो ।

यस्तै लुम्विनी प्रदेशमा कृषिका कस्ता खालका कार्यक्रमहरु सचालन भएका छन् र कार्यक्रमको प्रभावकारिता बारे कार्यपत्र सुआहारा कार्यक्रम लुम्विनी प्रदेशका कृषि संयोजक अर्जुन श्रेष्ठले गर्नु भएको थियो । कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत अर्जुन प्रसाद खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like