असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

काठमाडौं । सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ ।

सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १ असारदेखि कुनै पनि सडक खन्न अनुमति नदिइने बताएको छ ।

वर्षा लागेको अवस्थामा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले यस्तो व्यवस्था गरिएको विभागले बताएको छ ।

यसरी खन्दा सडक पनि थप बिग्रिंदै जाने विभागको स्पष्टीकरण छ । कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभागको सूचनामा उल्लेख छ ।

 
 
  
 

You may also like