यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (बुधबार) बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूणर् बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो । आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् ।बुधवार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कणर्ाली प्रदेशमा सामान्यदेखि पूणर् बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रतिक्रिया सम्बन्धित किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

 
 
  
 

You may also like