पत्रकार महासंघ रुपन्देहीद्धारा पालिका प्रमुखसँग अन्तरसंवाद

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले नवनिर्वाचित पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रम मंगलबार बुुटवलमा गरेको छ । उक्त अवसरमा जनप्रतिनिधिहरुले सञ्चारमैत्री भएर आफूहरुले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन भने सञ्चारकर्मीहरुले पालिकाहरुले मिडियाको भूूमिकालाई सहि रुपमा बुुझ्न र निति बनाउन सुुझाव दिएका छन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार माध्यम र पत्रकारहरुसंग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले सार्वजनिक जग्गा निकै कम रहेको बताउँदै सञ्चारक्षेत्रको बिकासमा संगसंगै हिड्ने बताए। उनले हप्तामा एक दिन पत्रकारहरु संग बसेर आवश्यक छलफल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसंगै पहिलो बैठकबाट नै चौराहा – चिडियाखोला सडक मर्मतको काम गरेको बताए। उनले अब बर्खाको समय आउन लागेकोले यसको जोखिम ब्यवस्थापनको काममा लागेको बताए । निर्वाचन सकिएको १५ दिनमा घरदैलो र सम्मानमा गएको बताउदै यो जनचासोअनुरुप गरेको बताए ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा मर्यादित बनाउन पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको बताए । उनले राम्रो काम गर्ने र गलत गर्दा तोकेर समाचार लेख्न समेत आग्रह गरे । उनले पत्रकार र जनप्रतिनिधि बिचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताउदै सम्बन्ध बलियो भएमा समृद्धि आउने बताए ।

उनले निर्वाचनमा कुनै पार्टिबाट जितेपनी अब सबै जनप्रतिनिधि साझा बन्नु बताए। उनले जबाफदेहिता सहित काम गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको समन्वयमा नै सुझाब लिएर अगाढि बढ्ने बता ए।
शुुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले मिडिया र सञ्चारले स्थानिय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्दै उनले आफू र स्थानीय तह सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफू मिडिया मैत्री बनेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनले समय समयमा सुझाब दिन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूूर्वा अध्यक्ष एव सल्लाहकार डा. बालकृष्ण चापागाईंले निर्वाचनमा फरक फरक पार्टीबाट जितेपनी समान सहभागीता हुने गरि काम गर्न सुझाब दिए ।

उनले स्थानीय मिडिया र पत्रकारको क्षमताले पालिकाको पहिचान दिने बताउदै क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गरे। उनले मिडियालाई सहयोग गर्ने कुरामा दुबिधा रहेको बताउदै सस्थागत माध्यमलाई सहयोग गरेमा सञ्चार क्षेत्र बलियो हुने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले समान सहभागीतालाई ध्यानमा दिन आग्रह गरे। उनले प्रेस बोर्ड गठन गरेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न सक्ने बताए । पत्रकारले स्थानीय जनप्रतिनिधिलाई सहयोग गरेजस्तै जनप्रतिनिधिले पनि सहकार्य गर्न तयार रहनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एव सल्लाहकार यानेन्द्र जिसीले जनप्रतिनिधिहरु कार्यक्रममा अनुपस्थित हुने शैली मिडियामैत्री नभएको बताए।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले बिज्ञापन दिदा मिडिया मैत्री बनाउन आग्रह गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बरिष्ठ पत्रकार माधव नेपालले रुपन्देहीका सञ्चार माध्यमको अवस्थाको बारेमा जानकारी दिदै पालिकाले गर्नुपर्ने कामको बारेमा बताए। उनले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागिता लगायतका बारेमा सुझाब दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहले पत्रकार र सञ्चार माध्यमको अवस्थाको बारेमा ध्यान दिनुपर्ने बताए। उनले रुपन्देहीका स्थानीय तहले पत्रकारहरुको प्रवर्द्धनमा हुनुपर्ने काम सोचे अनुरुप हुन नसकेको बता ए।
स्थानीय तहहरुले यहाँका पत्रकारको विषयमा चासो देखाउनुपर्ने बताए । उनले पत्रकारितामा बुटवललाई मोफसलको राजधानी भनेर भन्ने गरिएको बताउदै पत्रकारको क्षमता वृद्धिगर्नमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा पत्रकारहरु यमलाल भुसाल, शरण कर्माचार्य, श्यामलाल पोखरेल, निरु गौतम लगायतले स्थानीय तहका जनप्रतिनिधिले मिडियामैत्री ब्यवहार देखाउन आग्रह गरे । उनीहरुले सञ्चार माध्यमलाई बजेट अनिवार्य छुट्टाउन पर्ने बताए। स्थानीय तह र जनप्रतिनिधिहरुले सुचना र अवसर दिदा लैङ्गिकमैत्री बनाउन आग्रह गरे ।

रुपन्देहीका १६ पालिका प्रमुखको सहभागितामा हुने कार्यक्रममा ३ पालिका प्रमुखलाई सहभागीता बनाएर अन्तरसम्बाद गरिएको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 
 
  
 

You may also like