नवलपरासी पूर्वमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासी । नवलपरासी पूर्वमा चट्याङ लागेर आइतबार एक जनाको ज्यान गएको छ । मध्यविन्दु नगरपालिका ६ भण्डारा निवासी ६० वर्षीय डिल्लीराम थारूको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो बारीमा गएको बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । गम्भीर घाइते उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डा मा मृत्यु भएको हो ।

 
 
  
 

You may also like