राप्रपा नेपालले बुटवलमा दुई दिने वृहत अन्तक्रिया तथा कार्यकर्ता भेला गर्दै , कमल थापाले सम्बोधन गर्ने

बुटवल।कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) को आयोजनामा बुटवलमा दुई दिने बृहत अन्तरक्रिया तथा अगुवा कार्यकर्ता भेला हुने भएको छ ।

यहि जेठ २५ र २६ गते बुटवलमा आयोजना हुने खुल्ला अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिले जनाएको छ ।
राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष गणेश पौडेलले हिन्दु राज्य सहितको गणतान्त्रीक नेपालको परिकल्पना साकार बनाउन आगामी निर्वाचनको एजेन्डाको विषयमा समेत वृहत अन्तरक्रिया कार्यक्रममा छलफल हुने बताए ।

बुटवलको ड्रिम ईन्टरनेशनल होटलमा आयोजना गरिने अन्तरक्रियामा यस क्षेत्रका बुद्धिजिवी,बिभिन्न पेशागत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष पौडेलले जानकारी गराए ।

विभिन्न पेशा, व्यवसाय, संघ संस्थामा आवद्ध भएका व्याक्तिहरुको सहभागिता रहने अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व उप प्रधानमन्त्री कमल थापाले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

कार्यक्रममा करिव ३ सय भन्दा बढिलाई सहभागीताको लागि पत्राचार गरिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रदीप शेरचनले जानकारी दिए ।

२६ गते बुटवलको देविनगर स्थित भुपु सैनिक कल्याण क्लवमा हुने प्रदेशका १२ वटा जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहने भेलामा पार्टीले अगाडी सरोका एजेण्डा र आगामि रणनीति बारे पार्टी अध्यक्ष थापा सहित महामन्त्री राजाराम बर्तौला लगायतका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका जिल्ला कोषध्यक्ष तथा कार्यक्रम संयोजक सुरज गौतमले बताए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य जंग बहादुर बस्नेत, प्रदेश दलित मोर्चा संयोजक सुरेश कुमार विश्वकर्मा लगायतले गत स्थानीय तहको निर्वाचनमा जनताले उत्साहजन भोट दिएको भन्दै आगामी प्रदेश र संघीय निर्वाचनमा समेत हिन्दु राज्य सहितको गणतन्त्रको परिकल्पना सहितको एजेन्डामा जनताले साथ दिने विश्वास समेत व्यक्त गरे ।

 
 
  
 

You may also like