विश्व साईकल दिवसमा रयाली

बुटवल।विश्व साईकल दिवसको अवसरमा बुटवलका साईकिलेहरुको अगुवाईमा बृहत् सचेतनामुलक साईकल रयाली आयोजना गरिएको छ। कालिका मानव ज्ञान मावि परिसरबाट शुरु भएको रयाली न्यु होराईजन चोक, तिनकुने, पारी बुटवल जलबिनायक, गोलपार्क, ट्राफिक चोक, रामनगर, बेशक्याम्प, राजमार्ग चौराहा, मणिग्राम हुँदै पुन योगीकुटी आएर समापन गरिएको छ। रयालीमा सहभागी साईकिलमा साईकल चलाअौ, वातावरण जोगाअौ, पृथ्वी तातिरहेको छ यसलाई रोक्ने एउटै उपाय साईकल जिवनशैली, सामाजिक एकताको अभियान, साईकल अभियान, पेट्रोल खपत र‍ोकौ, आफ्नो दैनिकीमा साईकलको प्रयोग बढाअौ, हरियाली बढाअौ, साईकल चलाअौ, साईकलको चेन झै जोड्छ, साईकिलेहरुबिच भावनात्मक सम्बन्ध, नियमित साइकल चलाअौ, पेट्रोलको खर्चले घरधन्दा चलाअौ, नया पुस्तालाई साईकलको महत्व बुझाअौ, साईकल चलाउने संस्कार सिकाअौ, साईकिलेको सुरक्षा, साईकल लेन आजको आवश्यकता, प्रत्येक पालिकाको प्राथमिकता, नया पुर्वाधारमा साईकलमैत्री आयोजना, सबैभन्दा माथि, साईकल हामी साथी लगायतका नारा स्लोगनहरु टासिएका थिए।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेल र मानव स्वस्थ्य एकअर्काको परिपुरक भएको बताए। खेलले एउटा ब्यक्तिलाई अनुसासन र स्वस्थ्य जिवनशैली जिउन सिकाउने दाबी गर्दै खेल भावना विकासमा लाग्न सुझाव दिए। साईक्लिङ खेललाई पर्यटनसंग जोड्ने गरि लुम्बिनीमा प्रदेश सरकारले योजना बनाएको भन्दै आगामी बजेटमा सम्बोधन गर्ने उनले बताए।
बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले साईकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने गरि आफुहरु निरन्तर लागेको बताए। पेट्रोलियम पदार्थको कम खपतका लागि साईकल जिवनशैलि अप्नाउन उपयुक्त हुने उनको सुझाव छ।
कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघ, नवलपरासी साईक्लिङ संघ, बुटवल युनाईटेड साईक्लिङ क्लब, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईकल ग्रुप, साईकल सिटि बुटवलका करीब एक सय जना साईकिलेहरु सहभागी भएको कार्यक्रमका संयोजक रबिलाल सुवेदीले बताए ।

 
 
  
 

You may also like