चार प्रदेशमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका चार प्रदेशमा आज (शनिबार) पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले केही प्रदेशमा वर्षा समेत भइरहेको छ ।

स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावको कारण अहिले प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली छ ।

अहिले प्रदेश-१ र मधेश प्रदेश प्रदेशका केही स्थानमा वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति प्रदेश-१, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भएको छ । त्यो क्रम आज पनि जारी रहने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like