गणतन्त्र दिवसको पुर्वसन्ध्यामा रोड रेस कपिलवस्तुका अजय र घोराहीकी अनिषालाई उपाधि

बुटवल ।गणतन्त्र दिवस २०७९ को पुवसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड (रोड रेस) गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार भएको पाच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन । उनले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरि पार गरे । प्रतियोगितामा नवीन औधोगिक माबिमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दुरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए । यसैगरि महिलातर्फ घोराहीकी अनिषा चौधरी प्रथम भईन । उनले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरेकी थिईन । यसैगरि कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भईन । कालिका कै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो भईन ।
लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडी बढाउन कार्यक्रम गरिएको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरि सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उनको दाबी छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रुपन्देही, कपिलबस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मी लगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।

 
 
  
 

You may also like