सरकारले गरिब घर-परिवारलाई राज्य सुविधा परिचयपत्र दिने

काठमाडौं । सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब तथा विपन्न घर-परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् ।

साथै, उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने जानकारी दिइन् ।

 
 
  
 

You may also like