रुपन्देहीको मणिग्राम र मुर्गियामा सेन्चुरी कमर्सियल बैंकका शाखा

बुटवल । सेन्चुरी कमर्सियल बैंकले रुपन्देहीको तिलोत्तमा र सैनामैनामा शाखा सञ्चालनमा ल्याएको छ । तिलोत्तमाको मणिग्राममा १३८ औं र सैनामैनाको मुर्गियामा १३९औं शाखा सञ्चालनमा आएका हुन् ।

बैंकको शाखा कार्यालय उद्घाटन गर्दै बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै लगानीका धेरै संभावनाका ढोका खुलेकाले रुपन्देहीमा दुई गरपालिकामा शाखा सञ्चालनमा ल्याएको बताए । उनले पर्यटन,जलविद्युत र कृषिलाई प्राथमिकता राखेर बैंकहरुले लगानी गर्नुपर्ने धारणा राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर उत्पादनमूलक क्षेत्रमा बैंकले कर्जा प्रवाह गर्ने बताए ।

२०७८ चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रवाह गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

 
 
  
 

You may also like