मायादेवी गाउँपालिकामा चौधरी फेरि दोहोरिए

भैरहवा । मायादेवी गाउँपालिकामा ध्रुव नारायण चौधरी फेरि दोहोरिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार चौधरीले अध्यक्ष पदमा ५ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा लोसपाकी नर्वदा देवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याइ विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् ।मायादेवीको वडा नम्बर १ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका अगनु यादव ८ सय १७ मत ल्याइ विजयी भएका छन् । वडा नम्बर ३ मा कांग्रेसकै मुहम्मद रफिक खान ९ सय ७७ मत ल्याइ विजयी भए ।

वडा नम्बर ४ मा एमालेका अरुण कुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए । वडा नम्बर ५ मा कांग्रेसका तेज नारायण पाल ७ सय २ मत प्राप्त गरि विजयी भए । वडा नम्बर ६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा लोसपाका शैलेन्द्र कुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरे । वडा नम्बर ८ मा एमालेका चोक बहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भएका छन् ।

 

 
 
  
 

You may also like